मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • हवाई सुरक्षामा हेलचेक्य्राइँ मात्रै किन ?
हवाई सुरक्षामा हेलचेक्य्राइँ मात्रै किन ?
सम्पादकीय
सम्पादकीय सोमबार, वैशाख २, २०७६ मा प्रकाशित
viber sharing button
हवाई सुरक्षामा हेलचेक्य्राइँ मात्रै किन ?
null

काठमाडाैं । नयाँ वर्ष सुरु हुँदा नहुँदै सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुःखद दुर्घटना भयो । समिट एअरको जहाज र मनाङ एअरको हेलिकप्टर ठोकिँदा आइतवार बिहानै ३ जनाको ज्यान गयो । जहाजका कोपाइलटका साथै विमानस्थलमा खटिएका दुई सुरक्षाकर्मीको दुर्घटनामा मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार समिट एअरको जहाज यात्रु छाडेर लुक्लाबाट फर्कन लाग्दा मनाङ एअरको हेलिकप्टरमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाग्रस्त समिट एअरको जहा विमानस्थलमै रहेको श्री एअरको हेलिकप्टरसँग पनि ठोकिएको छ ।

दुर्घटनाको प्रत्यक्षदर्शीका अनुसार समिट एअरको कलसाइन नाइन एन – एएमएच’ रहेको जहाज उड्न लाग्दा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । विमानस्थलको अवस्था, विमानको प्राविधिक अवस्था र चालकको स्थितिमध्ये दुर्घटनाको जुन कारण भए पनि मूलतः हवाई सुरक्षाका मापदण्डमा गरिएको खेलाँची नै दुर्घटनाको मूल कारण देखिन्छ ।

हवाई दुर्घटनामा देशको पर्यटनमन्त्री गुमाउँदा पनि नेपालमा हवाई यात्रा सुरक्षित बनाउन खासै ध्यान दिइएको देखिँदैन । नेपालका अधिकांश विमानस्थलहरूको र्भातिक अवस्था सन्तोषजनक छैन । कतिपय विमानस्थल भौगोलिक दृष्टिले पनि जोखिपूर्ण छन् । त्यस्तै कतिपय कम्पनीका विमान पनि नियामक निकायले ‘उडान योग्य’ भए नभएको अनुगमन राम्ररी नगरेको  भन्ने समाचार बेलाबखत आउने गरेका छन् ।

नेपालमा केही कम्पनीले अन्यत्र उडान अयोग्य भइसकेका थोत्रा जहाज ल्याउने र तिनको पनि तालिकाअनुसार गर्नुपर्ने मर्मत सम्भार नगरी जोखिमपूर्ण उडानमा लगाउने गरेको आरोपसमेत लाग्ने गरेको छ । युरोपको आकाशमा नेपाली विमानलाई प्रवेश गर्न नदिने मूल कारण यही विमानको अवस्था हवाई उडान मापदण्डअनुरूप नराख्नु हो भन्ने मानिन्छ । यसैले लुक्लाको जस्तो दुर्घटना नेपालीका लागि नियमित आकस्मिकता बन्न पुगेको हो ।

दुर्घटनाको वास्तविक कारण त सरकारले बनाउने छानबिन समितिले मात्र बताउन सक्ला । तर, अहिलेसम्मकै विवरणका आधारमा पनि विमान सञ्चालकहरूको हेलचेक्य्राइँ, थोत्रा जहाज, विमानस्थलहरूको भौतिक अवस्था, प्राविधिक त्रुटि, मानवीय कमजोरी तथा भौगोलिक विकटता नै मूलतः दुर्घटनाका मुख्य कारण भएको निष्कर्षमा भने सहजै पुग्न सकिन्छ । त्यसो त सडक यात्रा पनि सुरक्षित छैन र मूलतः यातायात सेवा सञ्चालक तथा नियामक निकायको हेलचेक्य्राइँ र बदनियतका कारण अधिकांश सडक यात्रुले सधैँ हत्केलामा ज्यान लिएरै यात्रा गर्नुपरेको छ ।

विशेषगरी कच्ची सडकहरूमा र अझ इन्जिनियरिङसमेत गलत भएका ग्रामीण सडकमा यात्रा गर्न बाध्य यात्रुहरू सधैँ नै जोखिममा हुन्छन् । हवाई जोखिमपूर्ण र महँगो भए पनि गन्तव्यमा छिटो पुगिन्छ । यसैले मूलतः दुर्गम भेगका बासिन्दालाई हवाई जहाज चड्नुपर्ने बाध्यता छ । सरकारले जनताको यस्तो बाध्यतालाई सुरक्षित र सकेसम्म सहज पनि बनाउन ध्यान दिनुपर्छ । हवाई उडानको सुरक्षामा खेलाँची हुँदा अकल्पनीय क्षति जो हुन्छ । यस्ता दुर्घटना दोहोरिन नपाऊन् भनेर सरकारले सम्भव सबै उपाय गर्नुपर्छ । अप्ठेरो जति ‘भगवान भरोसा’मा छाड्ने हो भने सरकार पो किन चाहियो र ?

 

viber sharing button
सम्पादकीयबाट थप
केजरीवालका काम र हाम्रा मुख्यमन्त्रीको कार्यशैली
केजरीवालका काम र हाम्रा मुख्यमन्त्रीको कार्यशैली आइतबार, चैत २, २०७६
'गाँजा'को वैधानिकताले आउला त समृद्धि ?
'गाँजा'को वैधानिकताले आउला त समृद्धि ? आइतबार, माघ १९, २०७६
पर्यटन बोर्डको भाँडभैलो र मन्त्री भट्टराईको निरिहता
पर्यटन बोर्डको भाँडभैलो र मन्त्री भट्टराईको निरिहता आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गुल्मीमा लकडाउनपछि १६ जनाले गरे आत्महत्या
कोरोना प्रभावः विश्वभर कन्डमको अभाव
होसियार रहनुहोस, चुम्बन गर्दा सर्न सक्छन् यी रोग..
यि हुन यौन शक्ति बढाउने परम्परागत घरेलु उपाय
रक्तदानपछि बिस्कुट नदिएको भन्दै एक युवाले पिए आफ्नै रगत
चियाको चुस्की लिँदै बाँदर
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP