मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सम्पादकीय
  • गृहपृष्ठ
  • नयाँ वर्ष समृद्धिको वर्ष बनोस्
नयाँ वर्ष समृद्धिको वर्ष बनोस्
सम्पादकीय
सम्पादकीय आइतबार, वैशाख १, २०७६ मा प्रकाशित
viber sharing button
नयाँ वर्ष समृद्धिको वर्ष बनोस्

नयाँ वर्षलाई सबैले आ–आफ्नो शैली र ढंगले मनाउने गर्छन् । सभ्यताको विकाससँगै नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने परम्पराको विकास भइरहेको छ । सञ्चार क्षेत्रले संसारलाई एउटा साँघुरो घेरामा बाँधिरहेको बखत संसारभर मनाइने नयाँ वर्षको शैलीमा एकरूपता आइरहेको विश्वास गर्न सकिन्छ ।

नयाँ वर्षलाई स्वागत गर्ने तरिका र शैली अलग होलान् तर संसारभरका मानिस नयाँ वर्षमा नयाँ सोचको विकास गर्दै आफूसँग रहेका पुराना सोच त्याग्ने र खराब बानीलाई विसर्जन गर्ने अवसरका रूपमा प्रयोग गरिरहेका हुन्छन् । खासगरी नयाँ पुस्ताका मान्छेहरू नयाँ वर्षलाई उत्साह, उमंग र सफल वर्षका रूपमा अनुवाद गर्ने संकल्प अघि सारिरहेका हुन्छन् । हाम्रै सन्दर्भमा पनि अनेकौं विकृति र विसंगतिले गाँजेको हाम्रो राजनीतिक र सामाजिक संस्कारमाझ राजनीतिक पार्टीहरूले नयाँ वर्षलाई सद्भाव र सहकार्यको वर्षका रूपमा संकल्प गरून् । त्यसो भयो भने अब उप्रान्त संसद् अवरुद्ध हुने थिएन होला अनि बन्द र निषेधको राजनीतिक संस्कारको अन्त्य हुने थियो होला । त्यसैगरी सम्पूर्ण देशवासीले नयाँ वर्षदेखि आफ्नो फोहोर व्यवस्थापनको संकल्प गर्ने हो भने कम्तीमा अबको पुस्ताले फोहोरसँग जुझ्नुपर्ने थिएन कि ? नयाँ वर्षलाई केवल पात्रो परिवर्तनको अर्थमा मात्र नलिऔं ।

राजनीतिक परिवर्तनहरु धेरै भएका छन् हरेक वर्ष नयाँ वर्षमा हामीले यो वर्षलाई समृद्धिको वर्ष बनाउने संकल्प गरिरहेका छौं । मुलुकमा भएको पछिल्लो राजनीतिक परिवर्तनपनि आएको सरकारले अहिले स्थायीत्व पाएको छ । अस्थिर हुँदै आएको सरकार स्थिर हुँदा पनि एक वर्षमा केही भएन भन्ने गुनासो आएरहेका छन् । यस्ता गुनासोहरुको जवाफ दिने काममा सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरु आफै पोख्त देखिएका छन् । राजनीतिक परिवर्तन आएपनि मुलुकमा विकास र समृद्धिको परिवर्तन जनताले कल्पनामात्रै गर्नुपरेको छ । उनीहरुले पत्यक्ष रुपमा यसको भोग गर्न पाएका छैनन् । हरेकले आज नयाँ वर्षका दिन नयाँ संकल्प गरी नयाँ सोचको बाटो पहिल्याउन शुरु गर्दछन् । यसैगरी सरकारले पनि यो वर्षलाई समृद्धिको वर्षको रुपमा लिएर अघि बढेको छ ।

अघिल्लो वर्षलाई सम्बृद्धिको आधार वर्षका रुपमा लिएको सरकारले यो वर्षलाई भने समृद्धिको वर्ष बनाउने घोषणा गरेको छ । घोषणमा मात्रै समृद्धि नभएर आम जनताले भोग्ने र अनुभुति गर्ने सरकारले गर्नु आवश्यक छ । सरकारले जनतालाई साथमा लिएर गरेको हरेक आयोजनाहरु सफल बनाउन सक्दछ । जनताको चाहनाअनुसार विकासको गतिलाई अघि बढाउने सकेमा मुलुकको सबै क्षेत्रहरुले सम्बृद्ध नेपालको बनाउन धेर कुर्नै पर्दैन । सबै जुटौं, सबै आ–आफ्नो क्षेत्रबाट मुलुकको सम्बृद्धिमा लागौं । हाम्रा पाठक, शुभचिन्तक, सुभेच्छुक तथा विज्ञापनदाता र साझेदार संस्थाहरु सबैलाई हाम्रो तर्फबाट नयाँ वर्षको शुभकामना ।

viber sharing button
सम्पादकीयबाट थप
केजरीवालका काम र हाम्रा मुख्यमन्त्रीको कार्यशैली
केजरीवालका काम र हाम्रा मुख्यमन्त्रीको कार्यशैली आइतबार, चैत २, २०७६
'गाँजा'को वैधानिकताले आउला त समृद्धि ?
'गाँजा'को वैधानिकताले आउला त समृद्धि ? आइतबार, माघ १९, २०७६
पर्यटन बोर्डको भाँडभैलो र मन्त्री भट्टराईको निरिहता
पर्यटन बोर्डको भाँडभैलो र मन्त्री भट्टराईको निरिहता आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सरकार बाढी पहिरोको प्रकोपबाट बचाउन दीर्घकालीन योजना तर्जुमा गर
 प्रधानमन्त्रीदेखि सच्चिने क्रम शुरु होस् 
प्रधानमन्त्री र सभामुखको द्वन्द्वले निम्त्याउंदै गरेको संकट 
अर्थतन्त्रको ऋणात्मक परिसूचकले देखाएको संकेत
ओली-भण्डारीलाई तत्काल हटाऊ
मुख सम्हालेर बोल महामहिम
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP