काठमाडौं । सत्ता गठबन्धन दलहरूले प्रतिनिधिसभा सिट बाँडफाँटमा सहमति जुटाएका छन् । बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले लगभग सहमति जुटाएको हो।
कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्र ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टी १३ सिट र राष्ट्रिय जनमोर्चा २ सिट लिने सहमति भएको कांग्रेसका एक शिर्ष नेताले जानकारी दिए । १७ सिटमा भने अझै छलफल भैरहेको छ ।
माओवादी केन्द्रले काठमाडौंको क्षेत्र नं २ र ९ लिने सहमति भएको छ। प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ।