काठमाडौं । घटस्थापनाको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत रूपमा जमरा राखिएको छ । दरबारका पुजारीले बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखेका हुन् ।
साे अवसरमा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको थियाे ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदैछ ।
घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।