काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण सरेको छ । असोज ८ देखि कार्तिक ५ गतेसम्म हुने भनिएको लिगको मिति सारिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानले सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सारेको हो । नयाँ मिति भने घोषणा गरिएको छैन । प्रेस विज्ञप्तिमार्फत् लिग आगामी डिसेम्बर २०२२ सम्मलाई सरेको क्यानले जनाएको छ ।
पहिलो संस्करणमा काठमाडौं कान्तिपुर,लुम्बिनी अल स्टार्स ,विराटनगर सुपर किङ्स,जनकपुर रोयल्स,पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले खेल्ने छन् ।