काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले आर्सनल ३-१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्डले दुई गोल गरे । यस्तै, डेब्यु खेलाडी एन्टोनी सान्तोसले एक गोल गरे ।
आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।
यस जितसँगै युनाइटेडको ६ खेलमा १२ अंक भएको छ । आर्सनलले ६ खेलमा १५ अंक जोडेको छ ।