रौतहट । पत्रकार यादवराज पुरीले स्वर्गीय पिता लालबहादुर पुरीको सम्झनामा १ करोड बराबरको जग्गा दान गरेका छन् ।
चन्द्रपुर नगरपालिका–६ निवासी पत्रकार पुरीले वडा कार्यालय भवन निर्माणार्थ एक करोड रुपियाँ बराबरको डेढ कट्ठा जमिन दान गरेका हुन् ।
जनज्योति माध्यमिक विद्यालय, चन्द्रनिगाहपुरस्थित वडा भेला कार्यक्रममा मन्तव्य राख्दै पुरीले स्वर्गीय पीताका सम्झनामा कित्ता नम्बर १५३१ को डेढ कट्ठा क्षेत्रफलको जमिन दान गरेका हुन् ।
वडा कार्यालय भवन निर्माणका लागि जमिन उपलब्ध नभइरहेको अवस्थामा पुरीको जग्गादानले वडाको ठूलो समस्या समाधान भएको वडाध्यक्ष सहदेव केसीले बताए । पत्रकार पुरी गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको रौतहट समाचारदाता हुन् ।