काठमाडौं । बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । निकै उतार चढाबकाबीच नेप्से परिसूचक बुधबार ५.११ अंकले घटेर परिसूचक २०५७.६८ बिन्दुमा रोकिएको छ ।
बुधबार एक अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा हिमालयन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।