काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
तेजाबी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।