काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसुचक उच्च अंकले घटेको छ । सोमबार १७ अंक बढीले घटेको नेप्से मंगलबार ४५.४२ अंकले घटेको हो ।
उच्च अंकको गिरावटसँगै नेप्से २ हजार ६० को विन्दुमा पुगेर रोकिएको छ । कारोबार भएका १३ उपसमुहमध्ये सबैजसो उपसमुह राताम्मे देखिएका छन्। यस्तै, १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटाको मूल्य बढेको छ।
आज कारोबार अवधिभर २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लख बढीको कारोबार भएको छ।