काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु आयोग पुगेर दल दर्ता गरेका हुन् । आयोगले १० औं दलका रुपमा एमालेलाई दर्ता गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
आयोगले दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकेको छ । यसअघि आयोगमा दर्ता भएका दलहरुले पनि निवर्नाचन प्रयोजनमा भाग लिन पुन दल दर्ता गराउनुपर्ने व्यवस्था छ ।