काठमाडौँ । राजधानीको कलंकी चोकमा सञ्चालित छ- इन्साइटफूल स्किल डेभलपमेण्ट ट्रेनिङ एण्ड रिसर्च सेन्टर । जसको सञ्चालक हुन् अम्बिका सोपकोटा । मण्टेश्वरीलाई विशेष प्राथमिकता दिइएको सो सेन्टरमा विभिन्न सिपमुलक तालिमहरु पनि प्रदान गर्ने गरिन्छ ।
सञ्चालक सापकोटाका अनुसार मण्टेश्वरी शिक्षा र पढाईसम्बन्धि २० वटा भन्दा बढी विषयबस्तुमा तालिम प्रदान गरिन्छ । साथै नियमित प्रयोगात्मक र लिखित परिक्षासमेत लिइनेछ । जसमा जुनियर र सिनियरतर्फ ३ महिना अवधिको डिप्लोमा हुनेछ ।
बालबालिका मनोविज्ञानसम्बन्धि शिक्षा, भाषासम्बन्धि तालिम, सामूहिक अभिव्यक्तिसम्बन्धि तालिम, विद्यालय परामर्शसम्बन्धि तालिम, कक्षाकोठा व्यवस्थानलगायत मण्टेश्वरीसम्बन्धि तालिमहरु प्रदान गरिन्छ । सञ्चालक सापकोटासँग २५ वर्ष शिक्षण पेशामा काम गरेको अनुभव छ । जसका कारण पनि तालिम प्रभावकारी रहेकाे तालिम लिनेहरू बताउँछन् ।
यसका अलावा महिलालाई आत्मनिर्भर बनाउने विभिन्न सिपमुलक तालिमहरु पनि प्रदान गरिन्छ । जसमा खेलौना बनाउने, कुशन बनाउने, सिलाईबुनाई, पेन्टिङलगायत तालिम उपलव्ध छ । संगीत तथा नाटकसम्बन्धि तालिम, उद्घोष तालिमका साथै विशेष स्वास्थ्य परमर्शलगायत योग थेरापीसम्बन्धि तालिम पनि दिइन्छ ।
जहाँ तालिम लिन इच्छुकहरूले ९८०४६६४५३६ र ९७६५४०९९६१ मा सम्पर्क गर्न सक्ने सञ्चालक सापकोटाले बताइन् ।