काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाएको छ ।
केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी गठनको घोषणा गर्दै तत्कालीन नेकपामा रहेका १५ जना स्वतः सदस्य बनेको बताएका छन् । बाँकी २६ जनाको नाम भने २/३ दिनमा मिलाएर परिपत्रमा पठाउने बताइएको छ ।
स्वतः सदस्य भएकाहरु-
- पुष्पकमल दाहाल प्रचण्ड
- नारायणणकाजी श्रेष्ठ
- कृष्णबहादुर महरा
- गणेश शाह
- गिरिराजमणि पोखरेल
- चक्रपाणी खनाल
- जनार्दन शर्मा
- देव गुरुङ
- देवेन्द्र पौडेल
- पम्फा भुसाल
- वर्षमान पुन
- मात्रिका यादव
- लीलामणि पोखरेल
- शक्तिबहादुर बस्नेत
- हरिबोल गजुरेल