काठमाडौं । संविधानसभा सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री डा. ल्यारक्याल लामा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा मनोनीत भएका छन् ।
आइतबारबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको थियो । जसमा डा. लामा पनि समेटिएका हुन् । सिन्धुपाल्चोकका उनी बौद्ध धर्म गुरु पनि हुन् ।
३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका छन् । साथै ८६ वैकल्पिक केन्द्रीय सदस्यको पनि टुङ्गो लगाइएको छ । यससँगै विभिन्न केन्द्रीय विभागका सचिव र सदस्य पनि तय गरिएको छ।
आजको बैठकमा सहिदहरूलाई श्रद्धाञ्जली अर्पण, थपिएका केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएका छन् । बैठक भोलि पुनः ११ बजे बस्नेछ ।
माओवादी केन्द्रले टुंगो लगायो ३७३ केन्द्रीय सदस्य, काे-काे परे ? [नामसहित]