काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आइतबार चाँदी भने प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।