काठमाडौं । विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई कालोमोसो दलेको छ ।
देशभरका विद्यालयमा पाठ्यपुस्तकको चरम कृत्रिम अभाव गराएको आरोप लगाउदैँ शुक्रबार दिउँसो उनकै कार्यकक्षमा क्रान्तिकारीले कालोमोसो दलेको हो ।
जनक शिक्षाले पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर केन्द्रनै डुवाउने खेलमा लागेको क्रान्तिकारीकाे आरोप छ ।