काठमाडौँ । एनआईसी एशिया बैंकले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने नवीनतम योजना सार्वजनिक गरेको छ । ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ नाम दिइएको योजना व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने पनि बैंकले जनाएको छ । योजनाको विभिन्न अवयवहरुलाई निम्नानुसार तालिकामा देखाइएको छ -
यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने सर्वाधिक उच्च ब्याजदर, तीन बीमा, तीन कर्जा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ।