काठमाडौँ । वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । आज अपराह्न काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गौतमले नयाँ दल गठनको घोषणा गर्न लागेका हुन् ।
गौतमले नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) नामको पार्टी खोल्ने भएका छन्। पार्टीमा संयोजक वामदेव गौतम, सचिव डीबी कार्की र प्रचार विभाग प्रमुखमा निमकान्त पाण्डे रहने बताइएकाे छ । पार्टीको नामसहित औपचारिक रुपमा दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा पत्रकार सम्मेलनको तय भएको छ ।
नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतम यसअघि नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए । उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।
गौतमलाई तत्कालीन नेकपा सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा पनि नियुक्त गरेकी थिइन्।