काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहँदै सोही मूल्यमा कायम भएको छ ।
तेजावी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी मंगलबार चाँदी पनि स्थिर रहँदै प्रतितोलामा एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।