काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा पानीपुरी बिक्रीमा रोक लगाइएको छ । हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जिवाणु भेटिएकोले पानीपुरी बेच्न रोक लगाइएको हाछेथुको भनाई छ । होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएअनुसार बेचबिखन गर्ने दिइनेछ ।
काठमाडौंमा हैजाका बिरामी देखा परेपछि ललितपुर महानगरपालिकाले पनि सतर्कता अपनाएको हो ।