काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
इन्धनका कारण जनजीवन महँगिदा उपभोक्ता मारमा परेकोले सो निर्देशन दिइएको संयोजक प्रकाश रसाइलीले जानकारी दिए ।
यस सम्बन्धमा शुक्रबार समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकमा समितिका सभापतिसमेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग छलफल भएको थियो ।