मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • माधव नेपालको कमजोर निर्णय, दोष देउवालाई
माधव नेपालको कमजोर निर्णय, दोष देउवालाई
जनतापाटी
जनतापाटी बिहीबार, असार ९, २०७९ मा प्रकाशित
viber sharing button
माधव नेपालको कमजोर निर्णय, दोष देउवालाई

काठमाडौं । गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी सरकारमा गयो ।

एमाले विभाजका बेला माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा गए । नेकपामा भएको अन्तरसंघर्षमा साथ दिएका कतिपयले अन्तिम समयमा नेपाललाई साथ दिएनन् तर ओलीका खास भनिएका प्रेम आले, किसन श्रेष्ठ लगायतले साथ दिँदा नेकपा एकीकृत दल बन्न सकेको थियो । 

एकीकृत समाजवादी गठन भएको करिब ७ महिनामा एकीकृत समाजवादीले स्थानीय चुनावमा प्रतिस्पर्धा गर्‍यो । पाँच दलीय सत्ता गठबन्धन गरेर मैदानमा उत्रिएको समाजवादीले त्यति राम्रो सफलता हात पार्न नसकेको स्वयं उक्त दलका अध्यक्ष नेपालले स्वीकार गरिसकेका छन् ।

उनले आफ्नो दलको कमजोर प्रदर्शनमा गठबन्धनका दलहरु इमान्दार नभएको र आफूहरुलाई अपमान गर्न खोजिएको बताउँदै आएका छन् । सम्मानित नेता झलनाथ खनालले त बारम्बार गठबन्धनले अपमान गरेको र इमान्दार नभएको भन्दै चर्को आलोचना गर्ने गरेका छन् ।

खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको टिप्पणी गर्दै बुधबार भनेका थिए,‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौं, नौ होइन, २० लाखभन्दा बढी मत छ हाम्रो । त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौं । यसमा हाम्रा पनि केही त्रुटि कमजोरी रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान गर्‍यो । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौं । त्यति सिट पनि प्राप्त गर्न सकेनौं । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।'

सत्ताले संकट

नयाँ पार्टी एकीकृत समाजवादी सत्ताका कारण केही दिन यता समस्यामा रुमलिएको छ । जसको दोष उसले प्रधानमन्त्री शेरबहादुर देउवालाई लगाइरहेको छ । पार्टी बिभाजनपछि एकीकृत समाजवादीले ६ महिनाका लागि भन्दै मन्त्री पठाएको शीर्ष नेताहरुले बताइरहेका छन् । ६ महिना कटेपछि नै यसअघि मन्त्रीको सूचीमा रहेर पनि बन्न नपाएकासहितले नेतृत्वमाथि दबाब बढायो । जसका कारण संसदमा बजेट पेस भएको केही दिन पछिनै एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्दै निर्णय गर्‍यो । मन्त्री बन्नेको सूचीमा रहेकाहरु शपथका लागि तयारीमा जुटे तर निर्णय कार्यान्वय हुन सकिरहेको छैन । जसको दोष एकीकृत समाजवादीले प्रधानमन्त्रीमाथि लगाइरहेको छ । 

२२ जेठमा एकीकृत समाजवादीको सचिवालयल गरेको निर्णय २० दिन हुनै लाग्दासमेत कार्यान्वयन नभएपछि उक्त दलले प्रधानमन्त्री देउवामाथि दबाब बढाएको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार मध्याह्न तिरै केही घण्टामा नयाँ मन्त्री बन्ने दाबी गरेका थिए । ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उनले भनेका थिए ।लतर, रातिसम्म यसबारे केही जानकारी बालुवाटारबाट आएको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।

पार्टी बैठकले गरेको विषयलाई अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट कार्यान्वयन गराउन नसकेको भन्दै बुधबारदेखि बसेको सचिवालय बैठकमा नेताहरुले आलोचना गरिरहेका छन् । सम्मानित नेता खनालले त प्रधानमन्त्री देउवाले आफूहरुलाई अपमान गरेको भन्दै टिप्पणी गरेका छन् । गठबन्धनको बैठकमा अध्यक्ष नेपालले मन्त्रीको हेरफेरबारे पार्टीले निर्णय कार्यान्वयन गराउन जोड गरिरहेका छन् तर प्रधानमन्त्री देउवाले त्यसलाई वेवास्ता गरिरहेका छन् । देउवा बजेट दुवै सदनबाट पास भएपछि मात्र मन्त्री हेरफेर गर्ने पक्षमा छन् । अहिले एकीकृत समाजवादीका मन्त्री फेर्दा आफ्नो दलमा झेल्न पर्ने दबाब र माओवादी केन्द्रमा पनि यसबारे पर्ने प्रभाव बारे उनी र प्रचण्ड सतर्क देखिएका छन् । 

त्यसोत सरकारमा रहेका एकीकृत समाजवादीका नेताहरु तत्काल सत्ताबाट बाहिरिने पक्षमा छैनन् । बिहीबारमात्र अध्यक्ष नेपालको निवास कोटोश्वरमा झाँक्री, प्रेम आले लगायतले असन्तुष्टि पोखेका थिए । त्यसक्रममा उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । 

कमजोर खेल
नेकपा एमालेका शक्तिशाली महासचिव १ दशक भन्दा लामो समय चलाएका माधव नेपाल समकालीन नेपाली राजनीतिका शीर्ष नेताको अग्रस्थानमा आउँछन् । २०४६ सालपछिको राजनीतिक हरेक गतिविधिमा नेतृत्वदायी भूमिका निभाउँदै आएका नेपालको नेतृत्व भने कमजोर मानिने गरेको छ । तत्कालीन समयमा एमालेको नेतृत्व गरेका उनीमाथि निर्णय क्षमता कमजोर भएको नेताको ट्याग लागेको थियो । राजाले शासन हातमा लिएपछि प्रतिगमन आधा सच्चियो भनेर सरकारमा जाने वा अन्य विषयमा पनि उनले निर्णय गर्न नसकेको र सबैको कुरा सुनेर वहकिने नेताको उपमा पाएका थिए । हरेक निर्णय गर्दा वा अन्तिम घडीमा मझधारमा उभिँदा पार्टी कमजोर भएको भन्दै उनको आलोचना हुने गरेको थियो । जसका कारण हकी स्वभावका र गरेको निर्णयमा कडा रुपमा उभिने ओली विकल्प बनेर निस्किए र नेपाललाई नै अध्यक्षमा पराजित गरे । 

त्यसैले कतिपयले एकीकृत समाजवादीमा अहिले मन्त्री फिर्ता गर्ने निर्णयलाई नेपालको त्यही कमजोरीको उपजका रुपमा लिइरहेका छन् । एकीकृत समाजवादीका एक नेताले पार्टी नेतृत्वको कमजोरीका कारण समस्या देखिएको तर्क गरे । 'निर्णय गर्नेबेलामा सवै पक्षबारे विचार गरेर गर्नु पर्नेमा दबाबमा निर्णय गर्दाको परिणाम हो यो,' उनले भने, 'भर्खर बन्दै गरेको पार्टीले यस्तो खालको समस्यामा फस्दा कार्यकर्तामा निरासा छाउँछ । आफू निर्णय गर्ने र दोष देउवालाई लगाउने खालको क्रियाकलापले फाइदा पुग्दैन ।'

viber sharing button
जनतापाटीबाट थप
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन ४१ मिनेट पहिले
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन ४५ मिनेट पहिले
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने ४९ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
आयोगको अनुमानः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने
२ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस
सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन - शर्मा
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP