काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले गिरावट आएर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।