मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
पत्रपत्रिका
  • गृहपृष्ठ
  • खै त विद्यार्थीका हातमा पुस्तक ?
खै त विद्यार्थीका हातमा पुस्तक ?
जनतापाटी
जनतापाटी बिहीबार, असार ९, २०७९ मा प्रकाशित
viber sharing button
खै त विद्यार्थीका हातमा पुस्तक ?

काठमाडौँ । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक ?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ ।

प्रत्येक वर्ष यही समस्या– पाठ्यपुस्तक अभाव । सरकारी ढिलासुस्ती यतिसम्म बढेको छ कि नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दासमेत विद्यार्थीका हातमा पाठ्यपुस्तक हुन्न ।

अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबिनै अध्ययन गरिरहेका छन् । पुस्तक नहुँदा उनीहरूका पठनपाठन प्रभावित बनेको छ । शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगिसक्नुपर्ने हो । तर, महिना बित्दासमेत उनीहरू अभाव झेल्न बाध्य छन् ।

छपाइ जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको दाबी गरेको छ । १५ असारसम्म त सबै ठाउँ पुस्तक पुगिसक्ने जनाउने केन्द्र दैनिक एक लाख छपाइ भइरहेको दाबी गर्छ ।

कतै पूरै कक्षाका पुस्तक पुगेका छैनन् भने केही कक्षामा पुगेका पुस्तक पनि ‘पूरा’ छैन । कर्णाली तथा यातायात विकट मानिएका पहाडीमात्र नभएर काठमाडौं उपत्यकासँग जोडिएका जिल्लामा समेत पाठ्यपुस्तक पुग्न सकेको छैन ।

किन पुगेन पाठ्यपुस्तक ?
जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्य ‘रुस–युक्रेन युद्धका कारण कागज समयमै आउन नसकेको’ औंल्याउँदै ‘स्थानीय तह निर्वाचनको मतपत्र छपाईका कारण पाठ्यपुस्तक ढिलाई भएको’ प्रस्टोक्ति दिन्छन् ।

केन्द्रका अनुसार रुस–युक्रेन युद्धका कारण ‘सप्लायर्सले समयमै कागज ल्याउन नसकेको र मतपत्र छपाईलाई प्राथमिकता दिनुपर्दा पाठ्यपुस्तकको काम नसकिएको’ हो । हुन त, विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या चालू आर्थिक वर्षमात्र हैन, विगतबाटै यस्ता समस्या दोहोरिरहेका छन् । सरकारले भने विभिन्न बहानामा पन्छिने गर्छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

viber sharing button
जनतापाटीबाट थप
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन ४७ मिनेट पहिले
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन ५१ मिनेट पहिले
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने ५५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
राहदानी बनाउन साइबरमा कागज
सरकार पटकपटक म्याद थप्दै, ठेकेदार काम छाड्दै हिँड्दै
नेपाल प्रहरीको एसएसपी बढुवामा शीर्ष नेतृत्वको हस्तक्षेप
ज्योतिषलाई देखाएर प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै
अझै बन्न सकेन ‘होल्डिङ सेन्टर’
भद्रगोल कांग्रेसः २८ वटै विभाग खाली
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP