मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट
पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट
जनतापाटी
जनतापाटी बुधबार, असार ८, २०७९ मा प्रकाशित
viber sharing button
पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट

सुर्खेत । कर्णाली प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष ०७९/८० को बजेट ल्यायो । बजेटमा अधिकांश पुराना आयोजना मात्र समेट्न दबाब दिएपछि  कर्णाली प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट भएका छन् ।

मुख्यमन्त्रीले आफूले चाहेका योजनाहरू नयाँ सबै राखेको तर अन्य विषयगत मन्त्रालयका मन्त्रीहरूलाई पुराना मात्र योजना समावेश गर्न दबाब दिएपछि मुख्यमन्त्रीसँग अन्य मन्त्रीहरू रुष्ट भएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री विन्धमान विष्ट र मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू चाहेको सबै गरेको तर अन्य मन्त्रीहरूलाई पुराना मात्र योजना राख्न दबाब दिएपछि मुख्यमन्त्रीसँग अन्य मन्त्रीको सम्बन्ध चिसिएको छ ।

प्रदेश योजना आयोगमा समेत एकलौटी गर्न खाजेको मुख्यमन्त्री शाहीलाई अन्य मन्त्रीले अवरोध गरेपछि मन्त्रीपरिषद्को बैठकमा राखिएको प्रस्ताव नै गायब बनाएको थियो । ११ जेठ ०७९ बस्ने मन्त्री परिषद्को बैठकमा निर्णय हुनुपर्ने व्यहोरा भन्दै बुँदा नम्बर ४ मा कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्ति गर्नुपर्ने भन्दै प्रस्ताव ल्याइएको थियो । तर, सो प्रस्ताव सोही दिन ४ बजे बस्ने मन्त्रीपरिषद्को बैठकमा एकाएक गायब भएको थियो । सरकारमा सहभागी दलको दबाब पछि एक्लौटी गर्न खाजेको मुख्यमन्त्री शाही सो निर्णयबाट पछि हटेका थिए ।

योजना आयोगको उपाध्यक्षमा आफ्नो मान्छे न्युक्त गर्न नपाएका शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा पूरै हस्तक्षेप गरेर पूराना योजना मात्र समावेश गर्न लगाएर नयाँ योजना आर्थिक मामिला मन्त्रालयबाट आफूले समावेश गरेका थिए । बजेटको सिलिङअनुसार सुत्रमा योजना राखिए पनि तीन पटकसम्म सम्बाेधन गर्न लगाइ पूराना मात्र योजना हाल्न लगाएका थिए ।

मुख्यमन्त्री कार्यालयबाट चार सयभन्दा बढी नयाँ योजना जलस्रोत तथा भौतिक मन्त्रालय पुर्याएको थियो । तर, ती सबै योजना समावेश हुने सम्भावना कम देखिएपछि आफू अनुकल बनाउन यी दुई मन्त्रालयलाई पुराना योजना मात्र हाल्न लगाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट नयाँ योजना घुसाउने काम भएको गुनासो सतहमा आएको छ ।

आफूले मनपरी गर्न नपाएपछि मुख्यमन्त्रीले आर्थिक मामिला मन्त्रीको सहारा लिएको समेत आरोप लागेको छ । कांग्रेसको भागमा परेको मन्त्रालयमा मुख्यमन्त्री शाहीले कुनै पनि हस्तक्षेप नगरेको पाइएको छ । कांग्रेसका केन्द्रीय सदस्यहरूको बैठक सामाजिक विकास मन्त्रालयमा बसी नयाँ योजना गरिएको थियो । 

viber sharing button
जनतापाटीबाट थप
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन ४२ मिनेट पहिले
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन ४६ मिनेट पहिले
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने ५० मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
आयोगको अनुमानः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने
२ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस
सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन - शर्मा
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP