मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित
स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित
जनतापाटी
जनतापाटी मंगलबार, असार ७, २०७९ मा प्रकाशित
viber sharing button
स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

काठमाडौं । नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित भएको छ । 

समालोचक  तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक तथा रुपान्तरणकारी आन्दोलनमा ज्यानको आहूति दिएका सहिद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, धर्म, दर्शन, आदि क्षेत्रमा रहेको मुलुकको विविधतालाई सम्बोधन गर्दै यस्तो विविधताभित्र रहेको एकतालाई अझ समृद्ध पार्ने क्रममा नेपालको प्राज्ञिक जगत्का समग्र विज्ञहरुलाई समेट्दै अगि बढ्न आफूहरु कटिबद्ध रहेको जनाएका छन् । 

उनले शुभकामना मन्तव्यमा लेखेका छन्, ‘२०६२-०६३ को जनआन्दोलनपछि साविकको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट ललितकला एवम् नाट्य–संगीत विधालाई छुट्टयाइ छुट्टाछुट्टै प्रतिष्ठान गठन गरिएको र नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अन्तर्गत नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनको अध्ययन, अनुसन्धानमार्फत प्रवर्धन गर्ने उद्देश्यले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठान गठन गरिएको हो । यस अर्थमा आफ्नो गठनदेखि बिरासत ग्रहण गर्दै हाल कानुनबमोजिमका विषयक्षेत्रमा यो प्रज्ञा प्रतिष्ठान कार्यरत् छ ।’

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले जीवित अवस्थामा रहँदा साहित्य, कला, संस्कृति, गीत, संगीतलगायतका विभिन्न विधा सिर्जना र प्रस्तुतिमा क्रियाशील रहेका सहिद स्रष्टाको खोज गरी तयार पारिएको यस ग्रन्थको प्रकाशनले सहिद हुनुभएका स्रष्टाहरुप्रति सच्चा सम्मान र श्रद्धाभाव अभिव्यक्त भएको जनाएका छन् ।

उनले प्रकाशकीयमा लेखेका छन्, ‘सहिद भनेका परिवर्तनका संवाहक हुन् । न्याय, समानता र स्वतन्त्रताका हिमायती अनि राष्ट्रका अमूल्य निधि हुन् । यस कार्यबाट थोरै भए पनि सहिद स्रष्टाहरुलाई सम्झिन सकेको अनुभूति भएको छ ।’ उनले अनुसन्धान परियोजना कार्य सम्पन्न गर्ने समालोचक तेजविलास अधिकारीलाई प्रतिष्ठानका तर्फबाट विशेष धन्यवाद दिएका छन् । 

प्रतिष्ठानका साहित्य, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलले सहिदहरुप्रति सम्मान होस् भनेर नै सहिद स्रष्टा परिचयकोश प्रकाशन गरेको बताए । उनले भने, ‘सहिद भनेका न्याय, समानता र स्वतन्त्रताका पक्षमा लड्ने, राष्ट्रिय स्वाभिमानलाई उचो राख्नका लागि आफूलाई बलिदान गर्ने, देशको निम्ति अमरत्व प्राप्त गर्ने उच्च उदात्त चरित्र भएका आस्थाका धरोहर एवं महानायक हुन् । यद्यपि सहिदका सपनाले साकार रुप लिन बाँकी नै छ र सहिदका सपना अधुरै छन् ।’ पौडेलले नेपालको इतिहासमा स्वतन्त्रता, स्वाधीनता तथा उन्मुक्तिका खातिर आफूलाई बलिदान गर्ने स्रष्टाको संख्या झण्डै दुई सय बढी रहेको आँकलन गर्न सकिने बताए । उनले भूमिकामा लेखेका छन्, ‘प्रथमोप्रथम आफूलाई बलिदान गर्नेे स्रष्टा कृष्णलाल अधिकारीदेखि लिएर पछिल्लो चरणका कृष्ण सेन इच्छुकलगायतका वीरहरुले इतिहासका विभिन्न कालखण्डलाई रक्तरञ्जित गराएका छन् ।

राणाशासन काल, पञ्चायती काल र पछिल्लो समयको राजतन्त्रात्मक बहुदलीय कालसम्म आइपुग्दा विभिन्न पर्व र काण्डका नामले चिनिने घटना घटेका छन् । खासगरी राणाकालमा मकैपर्व, सहिदकाण्ड अनि पञ्चायत कालमा पिष्कर काण्ड, छिन्ताङ काण्ड, सुखानी काण्ड र राजतन्त्रात्मक बहुदलीय कालमा अनेकोट काण्ड तथा इच्छुक हत्याकाण्डलगायत दर्जनौ काण्ड नेपालको इतिहासमा घटित भएका छन् ।’ पौडेलले प्रायजसो काण्डमा स्रष्टाहरुले सहादत प्राप्त गरेको सन्दर्भमा सहिद स्रष्टाहरुको सम्मानस्वरुप सहिद स्रष्टा परिचयकोश प्रकाशन गरिएको बताए । 

पुस्तकका लेखक तेजविलास अधिकारीले प्रथम साहित्यिक सहिद कृष्णलालदेखि भाषा, साहित्यमा राज्यस्तरमा समान हैसियत चाहिन्छ भनी आन्दोलन गर्ने रञ्जु झासम्मको खोजी पुस्तकमा गरिएको बताए । उनले सहिद स्रष्टा परिचयकोशको काम अलि चुनौतीपूर्ण भए पनि नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको आहूति दिने स्रष्टा सहिदप्रति यो कार्य महत्वपूर्ण रहेको सुनाए । अधिकारीले भने- ‘सामग्रीलाई सकेसम्म तथ्यपरक बनाउन प्रत्येक सहिद स्रष्टाको परिचयात्मक लेख लगत्तै सहयोगी सन्दर्भ सामग्री र व्यक्तित्वको नाम उल्लेख गरिएको छ ।

यस पुस्तकमा क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ, प्रजालाल राई, ऋषिराज देवकोटा ‘आजाद’ जस्ता प्रजातन्त्रका निम्ति जीवन अर्पण गर्ने राजनीतिज्ञदेखि क्रान्तिको फिलिङ्गो भीमदत्त पन्त, चुनु गुरुङ, कृष्णसेन इच्छुक, मस्तबहादुर विष्ट, शारदा श्रेष्ठ, तारा काफ्ले जस्ता सांस्कृतिक क्षेत्रमा विशेष योगदान र ऊर्जा दिने सहिदहरुको परिचय प्रस्तुत गरिएको छ ।’ उनले पुस्तकमा मूलतः राज्य पक्षको दमनको, धरपकड र यातनाबाट जीवन गुमाउने स्रष्टाहरुको फोटो राख्ने चाहना हुँदाहुँदै पनि अधिकांशको प्रामाणिक फोटो नभेटिएका कारण समावेश गर्न नसकिएको जानकारी दिए ।      

लेखक अधिकारीले पुस्तक प्रकाशन गर्ने क्रममा दुई सयभन्दा बढी व्यक्तिलाई सम्पर्क गरेको जनाउँदै कतिपय सहिदका परिवारसँग सम्पर्क हुन नसकेको बताए । उनका अनुसार नेपालको सांस्कृतिक इतिहासलाई हेर्ने हो भने झण्डै तीन सय जना स्रष्टाहरुले बलिदान गरेको सन्दर्भ उल्लेख भएको पाइन्छ । अधिकारीले भने, ‘यस अनुसन्धानमा जम्मा १८२ जना सहिद स्रष्टाको सूचनालाई लिपिबद्ध गर्ने काम भएको छ ।’ 

viber sharing button
जनतापाटीबाट थप
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन २० मिनेट पहिले
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन २४ मिनेट पहिले
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने २८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम - प्रधानमन्त्री
नेपाल प्रज्ञा प्रतिष्ठान ६६औँ वर्षमा प्रवेश
प्रथम मिस तमुस्यो लमजुङ २०२२  बनिन् सुष्मा
‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा
पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित
‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP