मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • विदेशमा नेपाली सिनेमाकाे गतिविधि बढ्दै
विदेशमा नेपाली सिनेमाकाे गतिविधि बढ्दै
जनतापाटी
जनतापाटी आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
viber sharing button
विदेशमा नेपाली सिनेमाकाे गतिविधि बढ्दै

काठमाडौं । कोरोना महामारीका कारण विदेशी भूमिमा हुन नसकेको नेपाली फिल्मसम्बन्धी गतिविधि बढ्ने संकेत देखिएको छ । 

थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।

‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पु-याउँछ नै, नेपाली कला, संस्कृतिलाई समेत प्रवद्र्धन गर्छ,’ केसीले भने, ‘हामीले कोरोना महामारीपश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ ।’ 

उनले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ–नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेको बताए । ‘हामीकहाँ के कस्ता फिल्महरु बनिरहेका छन् । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केही फिल्म मात्र देखाउने छौँ,’ उनले भने । 

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस  सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ ।

आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको जनाएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका, तर हलमा मात्र रिलिज भएका फिल्ममध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।

थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए । 

कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए । ‘हामीले नेपाली फिल्मको बजारलाई अगाडि बढाउन यस्ता गतिविधिले मद्दत गर्छ । यसलाई सम्पूर्ण फिल्मकर्मीले मिलेर सफल बनाउनुपर्छ,’ शाहले भने । उनले मनोज केसीले नेपाली अवार्डलाई पहिलोपटक विदेशी भूमिमा पुर्‍याएको स्मरणसमेत गरे । 

अभिनेत्री करिश्मा मानन्धरले आफ्नै मान्छेबाट पाइने उपाधि र सम्मानले झनै अगाडि बढ्ने प्रेरणा मिल्ने बताइन् । अभिनेता सरोज खनालले आफूले नेपाली फिल्म प्रवद्र्धनका लागि गरिने कार्यक्रममा सहभागी हुनुका साथै सहयोग गर्ने पनि बताए । 

अभिनेत्री निरुता सिंहले आफू नेपाली फिल्मको प्रवद्र्धनका निम्ति सदैव साथमै रहेको बताइन् । मुम्बईबाट नेपाल आइपुगेकी निरुताले अब नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार बढाउन फिल्मकर्मीहरु जुट्नुपर्ने बताइन् । 

viber sharing button
जनतापाटीबाट थप
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन १ घण्टा पहिले
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन १ घण्टा पहिले
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मोसन पोस्टरमा ‘नालापानी’
पुस २९ देखि हलमा ‘गुञ्जन’
वास्तविक जीवनमा घृणाको पात्र बनेका यी पर्दाका भिलेन
फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै जेम्स
अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप
‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल निमार्ण हुने
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP