मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • श्वेत-गङ्गा हाइड्रोपावरको आइपिओ आउँदै
श्वेत-गङ्गा हाइड्रोपावरको आइपिओ आउँदै
जनतापाटी
जनतापाटी आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
viber sharing button
श्वेत-गङ्गा हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्काशनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका– ५, ६ र ७ र मन्थली नगरपालिका–११, १२ र १३ तथा रामेछाप नगरपालिका–१ र ३ का बासिन्दाका लागि निष्काशनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता शेयर बिक्रीका लागि दर्खास्त आह्वान गरेको हो । 

त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–१, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता शेयर छुट्याइएको छ ।बिक्री खुला गरिने शेयरमा स्थानीय लगानीकर्ताले आगामी असार ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल एसबिआइ बैंकको ओखलढुङ शाखा, साङ्ग्रिला डेभलपमेन्ट बैंक रामेछापको मन्थली शाखा र कम्पनीको आयोजनास्थलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८दशमलव एक  मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बिबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

viber sharing button
जनतापाटीबाट थप
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने ८ मिनेट पहिले
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य ८ मिनेट पहिले
एनसेलको पहलमा रिङरोड ग्रीन बेल्टको उद्घाटन
एनसेलको पहलमा रिङरोड ग्रीन बेल्टको उद्घाटन २० मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी -महानिर्देशक अधिकारी
एनसेलको पहलमा रिङरोड ग्रीन बेल्टको उद्घाटन
ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य
थाहा पाउनुहोस्, आजकाे फलफूल र तरकारीको बजार भाउ
एसबीआई बैंकको ऋणपत्र बिक्री खुला
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP