मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अपराध
  • गृहपृष्ठ
  • ९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता
जनतापाटी
जनतापाटी शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
viber sharing button
९ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता

खोटाङ । खोटाङमा विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता भएको छ । विद्यालय जाँदै गरेकी ९ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो । 

विक थरकी पीडित बालिकाकी आमा र ठूलीआमाले शुक्रबार दिक्तेल पुगेर पिडकविरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी शंकरप्रसाद चौधरीले बताए । 

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा ११ जेठमा आफ्नै घर नजिकै यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । चिच्याएर प्रतिकार गरेपछि बालिका बलात्कारबाट जोगिन सफल भएको स्थानीयले बताएका छन् । आरोपित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पिडकलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनका लागि भन्दै दीपक ठटाल नेतृत्वको अधिकारकर्मीको टोली शनिबार जिल्ला प्रहरी कार्यालय पुगेको थियो । 

स्थानीयका अनुसार छात्राको आमा आफन्तकोमा खेताला गएकी थिइन् । उनका दाजु हातखुट्टा धुन धारामा गएपछि बालिका भने विद्यालय जाँदै थिइन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए । बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताएका छन् । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् । चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाई छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको हो । 

घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पिडक र पीडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर अन्य आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेका थिए । आरोपितले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तले दाबी छ । 

viber sharing button
जनतापाटीबाट थप
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन १ घण्टा पहिले
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन १ घण्टा पहिले
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
पसलमा लुकाएको पेस्तोल र गोलीसहित एक पक्राउ
गोली देखाई छिमेकी तर्साउने पक्राउ
रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ
विनोद शाही मृत्यु प्रकरणः मेयर चलाउनेसहित सात जना पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP