मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • नागरिकताको समस्या तत्काल समाधान गरौँ -उपेन्द्र यादव
नागरिकताको समस्या तत्काल समाधान गरौँ -उपेन्द्र यादव
जनतापाटी
जनतापाटी शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
viber sharing button
नागरिकताको समस्या तत्काल समाधान गरौँ -उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन्  ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले अब कुनै पनि बहानामा उनीहरुको समस्याको नजरअन्दाज गर्न नहुने उल्लेख गरे । सङ्घीय निजामती विधेयक तत्काल सङ्घीय संसद्मा पारित गरेर कार्यान्वयनमा ल्याउनसमेत उनले आग्रह गरे ।

बहुभाषिक नीति लागू गरेर एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गराउन अध्यक्ष यादवले माग गरे । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न आग्रह गर्दै सिमान्तकृत र बहिस्करणमा पारिएका समुदायलाई विशेष ध्यान दिनुपर्ने उनले बताए । उनले पछाडि पारिएको वर्ग तथा समूहलाई प्राथमिकता राख्न, ४० प्रतिशतभन्दा बढी रहेका युवालाई केन्द्रमा राख्न, आर्थिक दृष्टिकोणले पछाडि परेका तराई–मधेसका जिल्लालाई  यथेष्ट बजेटको प्रबन्ध गर्न अध्यक्ष यादवले आग्रह गरे । विकासलाई सन्तुलित तवरले अगाडि बढाउने गरी कार्यक्रम अगाडि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचन असाध्यै महँगो भएकाले यसमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गरे । सांसद कर्णले डडेल्धुरामा मेडिकल कलेज बनाउने कुरा गरिँदै गर्दा रामराजाप्रसाद सिंह मेडिकल कलेज स्थापना गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले सरकारको नीति तथा कार्यक्रम यथार्थमुखी भएको बताइन् । उनले प्रमुख प्रतिपक्षी दलका नेताले आफ्नो पार्टीको इतिहासका बारेमा गर्नुभएको टिप्पणीप्रति आपत्ति प्रकट गरिन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले आयात प्रतिस्थापन गर्नेतर्फ सरकारले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरिएको भन्दै प्रसन्नता व्यक्त गरे । उनले नदी उकासको कार्यक्रम, सिँचाइमा बिजुलीको प्रयोग बढाउने जस्ता विषय महत्वपूर्ण रहेको बताए । उनले अन्तर मन्त्रालयबीचको समन्वय, जनशक्ति प्रक्षेपण, शिक्षा आयोगको प्रतिवेदन तत्कालीन प्रधानमन्त्रीको सोचका कारण रोकिएकाले यस्ता विषयलाई अगाडि बढाउनुपर्ने बताए ।

प्राविधिक शिक्षकको व्यवस्था गर्न, उच्च शिक्षालाई ‘सेन्टर फर एक्सलेन्स’ बनाउने विषय सकारात्मक रहेको भन्दै उनले सुर्तीजन्य कार्यक्रमका विषयमा स्पष्टता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताए । नेपाल आयल निगमको एकाधिकार, चुहावट रोक्नुपर्नेमा जोड दिँदै पोखरेलले पेट्रोलियम खपत घटाउनु जरुरी रहेको स्पष्ट पारे। दुई/दुई पटक संसद् विघटन गरेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला कालापानी लिपुलेक र लिम्पियाधुराको नक्सा छापिएको पुस्तकसमेत वितरण गर्न नदिएको उनले आरोप लगाए । उनले कार्यदल बनाएर त्यस विषयलाई रोकिएको र एक पटक पनि बैठक नराखिएको तथ्य पेश गरे । 

नेकपा (एकीकृत समाजवादी) का सांसद कल्याणीकुमारी खड्काले नेपालको दीर्घकालीन विकासका लागि कच्चापदार्थ भित्र्याएर उद्योग क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिइन् । सहरलाई व्यवस्थित र सुन्दर बनाउन एकीकृत युटिलिटी करिडोर बनाउनका लागि कानुनी तथा नीतिगत प्रबन्ध गर्न उनले आग्रह गरिन् ।

सांसद खड्काले भू–उपयोग नीतिको कार्यान्वयन गरी जुन क्षेत्रमा जे व्यवस्थाका लागि भूमि उपलब्ध गराइएको हो, सोही काम गर्नुपर्नेमा जोड दिइन् । पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय उपकरणको प्रयोग बढाउन उनले सुझाव दिइन् । 

सांसदहरु पुष्पाकुमारी कर्ण कायस्थ र आशाकुमारी विकले सरकारको नीति तथा कार्यक्रमामा समेटिएका सकारात्मक पाटाका बारेमा आ–आफ्नो मत राखे ।

viber sharing button
जनतापाटीबाट थप
एमालेले भन्याे-  ‘अर्थमन्त्रीको कुरा सुन्दैनौं, जबरजस्ती गर्न खोजे प्रतिकार’
एमालेले भन्याे- ‘अर्थमन्त्रीको कुरा सुन्दैनौं, जबरजस्ती गर्न खोजे प्रतिकार’ ३ मिनेट पहिले
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने ११ मिनेट पहिले
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य ११ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
एमालेले भन्याे- ‘अर्थमन्त्रीको कुरा सुन्दैनौं, जबरजस्ती गर्न खोजे प्रतिकार’
बिदामा बसे अर्थसचिव मरासिनी
अर्थमन्त्रीमाथि उठेका विषयबारे माओवादी केन्द्रले एमालेसँग छलफल गर्ने
माओवादीको केन्द्रीय समिति बैठकअघि प्रचण्ड आन्तरिक छलफलमा
खनाल र खराल सचिवमा बढुवा
रामेछाप बस दुर्घटनाबाट अध्यक्ष प्रचण्ड मर्माहत
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP