मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै आफ्नै बुबा-आमाको हत्या
अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै आफ्नै बुबा-आमाको हत्या
जनतापाटी
जनतापाटी शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
viber sharing button
अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै आफ्नै बुबा-आमाको हत्या

काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । 

हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो । 

भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी २६ वर्षीय ऐतराज लिम्बुको श्रीमती अर्थात् बिर्खबहादुर र फिपरानीकी कान्छी बुहारी हुन् । भीमबहादुर भने बिर्खबहादुर र फिपरानीका माइला छोरा । 

सरकारी वकिल कार्यालय ताप्लेजुङले जिल्ला अदालतमा बिहीबार दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देवीकाले जेठाजु भीमबहादुरलाई २२ वैशाखको साँझमा ‘ऐतराजले बुबा–आमालाई काटिरहेको छ’, भनेका थिए ।त्यसपछि कुद्‍दै जाँदा बाटैमा ऐतराजलाई भेटेको र उनले बुबा–आमालाई गर्धनमा खुुकुरी प्रहार गरी हत्या गरेको बताए । झन आत्तिँदै घर पुग्दा त दुवै जना मृत अवस्थामा देखिएको भीमबहादुरले वयानमा भनेका छन् । 

भीमबहादुरले वयानमा थप भनेका छन्, ‘भाइ (ऐतराज)ले पहिले पनि बुबा–आमासँग विवाद झगडा गरी बुबा–आमालाई काट्ने मार्नेजस्ता धाकधम्की दिने गर्दै आएका थिए । तर, मैले बुबा–आमासँग झगडा गर्नु हुँदैन भन्दै आएको थिएँ ।’

भीमबहादुरका अनुसार बिर्खबहादुर र फिपरानीको चाहना कान्छा छोरा ऐतराजको बिहे लिम्बु जातिकै युवतीसँग होस् भन्ने थियो । तर, उनले राई जातिकी देवीकासँग गत चैतमा बिहे गरे ।  त्यसपछि बुबा बिर्खबहादुर र आमा फिपरानी बेखुस थिए । उनीहरूले बुहारी देवीकाले पकाएको खाना खान नमान्‍ने, आफूलाई पनि हेलासँगै गाली गर्ने गरेको ऐतराजले प्रहरीसामु बताएका छन् । 

२२ वैशाखमा भने मादक पदार्थ सेवन गरेर मातेको र आफू लाब्जेनमा भेडा चराएर आउँदा फेरि अन्तरजातीय विवाह गरेको भन्दै गाली गरेको ऐतराजले प्रहरीसामु बयान दिएका छन् । 

गाली गरेपछि आफू सुङ्गुरलाई चारो टिप्‍न गइ घर आएको र त्यसबेला पनि गाली गर्न नछाडेपछि विवाद हुँदा अन्तत:  बुबा बिर्खबहादुर ‘मार्छस् भने मार’ भन्दै आएकाले कम्मरमा भिरेको खुकुरी निकालेर गर्धनमा प्रहार गरेको ऐतराजको बयान छ । 

बयानमै बिर्खबहादुरलाई गर्धनमा प्रहार गर्ने बित्तिकै आमा फिपरानी पनि ‘बुबालाई तैँले मारिस्, मलाई पनि मार’ भन्दै आएकाले रिसको आवेगमा आमालाई पनि गर्धनमै खुकुरी प्रहार गरी हत्या गरेको उल्लेख छ ।

हत्या आरोपी ऐतराजविरुद्ध जिल्ला अदालत ताप्लेजुङमा कर्तब्य ज्यान मुद्दा दर्ता छ । सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता– २०७४ को दफा १७७ (२) अनुसार जन्मकैदको सजाय माग दाबी गरेको जिल्ला न्यायाधिवक्ता पुष्पराज बाँस्तोलाले जनाएका छन् ।

viber sharing button
जनतापाटीबाट थप
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो 
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो  ३ मिनेट पहिले
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस ७ मिनेट पहिले
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग  १८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रुपन्देहीमा पेस्तोल र गोलीसहित तीन भारतीय पक्राउ 
ठाउँ अभावमा आलोपालो सुत्छन् जाजरकोट कारागारका कैदीबन्दी
पहिरोको जोखिममा फलेनी बस्ती, त्रासले रातभर जाग्राम
आफ्नो ठाउँमा ल्याण्डफिल नसार्न भरतपोखरीवासीको दबाब
मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP