मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अपराध
  • गृहपृष्ठ
  • व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ
व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ
जनतापाटी
जनतापाटी शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
viber sharing button
व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ

काठमाडौ । व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ माग गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–१० घर भइ हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नित्रिवेणी–८ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने २९ वर्षीय टेक विक, बझाङको खप्तडछान्ना–७ घर भइ काठमाडौंको कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा, काभ्रेको तेमाल–२ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३३ वर्षीय रमेश भण्डारी रहेको प्रहरीले जनाएको छ ।  यस्तै गुल्मीको धुरकोट–२ घर भइ काठमाडौंको रातोपुल बस्ने २९ वर्षीया बसन्ता खनाल, चितवनको भरतपुर–११ घर भइ काठमाडौंको सिनामंगल बस्ने ३२ वर्षीय वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगल बस्ने ३३ वर्षीय श्रवण कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कालिकोटका टेक विक नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको खुलेको छ। यसअघि नेकपा एमालेका नेता तथा सांसद्‌ गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए । 

यस्तै पक्राउ परेका सुजन आचार्य यसअघि पनि नक्कली हिरा देखाएर ठगी गरेको तथा लुटपाटको आरोपमा मकवानपुरमा पक्राउ परेको प्रहरीले जनाएको छ । आफूलाई पत्रकार हुँ भन्दै उनले अरु व्यक्तिलाई पनि ठगी गरेको देखिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

viber sharing button
जनतापाटीबाट थप
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस ४ मिनेट पहिले
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग  १५ मिनेट पहिले
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि...
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि... २३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
विनोद शाही मृत्यु प्रकरणः मेयर चलाउनेसहित सात जना पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ
कुटपिट मुद्दाका आरोपित १४ वर्षपछि पक्राउ
भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत
गायिका मृत्यु प्रकरणः प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति
कारमा चढेपछि बनेको थियो लुट्ने योजना
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP