मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु
यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु
जनतापाटी
जनतापाटी शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
viber sharing button
यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु

काठमाडौं । नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरीने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र सुन । 

नेपालले पछिल्लो दश महिनामा यी दश वस्तु आयात गर्न ४ खर्ब ८८ अर्ब ७६ करोड ६२ लाख ९० हजार रुपैयाँ खर्चेको छ । अर्थात यो रकम दश महिनामा नेपालबाट बाहिरिएको छ । 

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरेको छ । 

सोही अवधिमा भारतबाटै नेपालमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल भित्रिएको छ । भारतबाट नै ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आायत गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । उक्त अवधिमा ४३ अर्ब ५५ करोड २ लाख ३७ हजार रुपैयाँको फलाम नेपाल भित्रिएको छ ।

नेपालले पछिल्लो दश महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । मोबाइल फोन नेपालमा सबैभन्दा बढी चीनबाट आउने गरेको छ । 

सोही समयमा नेपालले विभिन्न देशबाट ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार सो अवधिमा मानिसको लागि आवश्यक पर्ने खोप ३२ अर्ब ६ करोड २२ लाख ६८ हजार रुपैयाँको भित्रिएको छ । 

बितेको दश महिनामा नेपालले ३१ अर्ब ८० करोड २२ लाख ५४ हजार रुपैयाको कोइला आयात गरेको छ । सोही समयमा युनाइटेड अरब इमिरेट्स र टर्कीबाट २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन नेपालमा आएको छ । 

viber sharing button
जनतापाटीबाट थप
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर १० मिनेट पहिले
बर्सेनि घट्दै सुनौलो तोप चरा
बर्सेनि घट्दै सुनौलो तोप चरा १५ मिनेट पहिले
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने १८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर
सर्वोच्चका दुई महत्वपूर्ण फैसलाः वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि...
खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन
माइडियाको नयाँ स्वास्थ्य केन्द्रित वाईफाई वासिङ मेसिन नेपालमा 
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP