मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • कंगनाको ‘धाकड’ फ्लप हुनुका पाँच कारण
कंगनाको ‘धाकड’ फ्लप हुनुका पाँच कारण
जनतापाटी
जनतापाटी शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
viber sharing button
कंगनाको ‘धाकड’ फ्लप हुनुका पाँच कारण

काठमाडौं । कंगना रनावत ‘बलिउडकी क्विन’ हुन् भन्ने कुरामा दुई मत छैन । उनले ‘फेसन’, ‘तनु वेड्स मनु’, ‘क्वीन’, ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘कृष ३’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छन् ।

निरन्तर हिट फिल्म दिइरहँदा उनका अन्य फिल्महरुले पनि त्यसरी नै सफलता पाउने फिल्मका व्यापार विश्लेषक तथा समीक्षकको अनुमान थियो । तर, उनको पछिल्लो रिलिज फिल्म ‘धाकड’ यो मामलामा चुक्यो ।

यो फिल्म बक्स अफिसमा पूर्ण रुपमा फ्लप भयो, जसकारण कंगना निकै ट्रोल पनि बनिन् । उनको फिल्म किन असफल भयो भन्ने विषयमा आ-आफ्नै आँकलन गरिएका छन् । तर यहाँ प्रमुख पाँच कारण प्रस्तुत गरिएको छः

भुल भुलैया २

कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भुल भुलैया २’ र कंगनाको फिल्म ‘धाकड’ २० मे २०२२ मा एकसाथ थिएटरमा रिलिज भए । रिलिजअघि ‘धाकड’को अगाडि ‘भुल भुलैया-२’ असफल हुने आँकलन गरिएको थियो । तर जब फिल्म रिलिज भयो, माहौल फरक देखियो । ‘भूल भुलैया २’ले पहिलो दिन जोडतोडका साथ कमाई गर्यो, यो मामलामा ‘धाकड’ असफल साबित भयो । फिल्म समीक्षक तथा व्यापार विश्लेषकले ‘धाकड’सँग ‘भूल भुलैया २’ प्रदर्शन नभएको भए कंगनाको फिल्मले राम्रो व्यापार गर्ने बताइरहेका छन् ।

कथाको अभाव

केही दर्शक छन्, जो आफूले अहिलेसम्म नहेरेको र नसुनेको कथा फिल्ममा हेर्न चाहन्छन् । तर, कंगनाको फिल्मको मामलामा दर्शकको चाहना पूरा हुन सकेन । उनको फिल्म मानव तस्करीमा आधारित छ । जबकी यस्तै कथामा यसअघि ‘शिवाय’, ‘पाखी’ जस्ता कैयौं फिल्म बनिसकेका छन् ।

आकर्षक निर्देशनको खडेरी

कुनै पनि फिल्म पहिला कथा अनि दृश्यको निर्देशनमा आधारित हुन्छ । यदि कथामा दम छैन, तर निर्देशन जबरजस्त छ भने त्यसले दर्शकलाई हलतिर आकर्षित गर्छ । तर, कंगनाको फिल्ममा दुवै कुराको अभाव खड्कियो । यो फिल्मको निर्देशन रजनीश घईले गरेका हुन् ।

ओभर एक्शन

‘धाकड’ नामले नै यो फिल्म एक्सन फिल्म हो भन्ने सबैलाई अनुभव हुन्छ । तर, आजको समयमा केबल एक्सनले मात्र फिल्म चल्दैन । यदि फिल्ममा एक्सनसँगै केही आकर्षक संवाद र कमेडी हुँदैन भने दर्शकले एक्सनमा अल्छी मान्छन् । ‘केजीएफ २’ र ‘आरआरआर’ एक उत्कृष्ट उदाहरण हो । यो फिल्म एक्सनमै आधारित थियो, तर यसमा प्रयोग भएका केही रोचक विषय र कमेडीले दर्शकलाई मनोरञ्जन दिएको थियो ।

विवादित कंगना

कंगना रनावट आफ्नो विवादित बोलीका कारण सधैं चर्चामा आउँछिन् । यस्तो मामलामा समीक्षकहरूले उनको फिल्म फ्लप हुनुमा उनको कडा र तिखो बोलीलाई पनि मानेका छन् ।

viber sharing button
जनतापाटीबाट थप
बर्सेनि घट्दै सुनौलो तोप चरा
बर्सेनि घट्दै सुनौलो तोप चरा ६ मिनेट पहिले
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने ९ मिनेट पहिले
माओवादी केन्द्रीय समिति बैठक स्थगित
माओवादी केन्द्रीय समिति बैठक स्थगित २१ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
वास्तविक जीवनमा घृणाको पात्र बनेका यी पर्दाका भिलेन
फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै जेम्स
अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप
‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल निमार्ण हुने
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP