मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा
जनतापाटी
जनतापाटी आइतबार, जेठ ८, २०७९ मा प्रकाशित
viber sharing button
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा

सुर्खेत । कर्णालीका प्रदेशका १० जिल्लामा स्थानीय तह सदस्यको निर्वाचन सकिएलगत्तै निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थालेका छन् । वडाध्यक्षदेखि मेयरसम्मका जनप्रतिनिधिले वृद्धभत्ता आफैँ बाँड्न जानेदेखि मृत्यु संस्कारमा खर्चको जोहो गर्नेसम्मका घोषणा भएका छन् । 

शपथपछि पदभार ग्रहण गर्दा उनीहरूले विभिन्न घोषणा गरिरहेका छन् । कर्णालीका सबै जिल्लाका स्थानीय तहमा नतिजा आइसकेको छ । ७९ पालिकाका जनप्रतिनिधिहरु सुरुमा घोषणको कामलाइ प्राथमिकता दिएको देखिन्छ । 

चुनाव लड्दासमेत विभिन्न एजेण्डाहरू उठाएर चुनावमा अन्य उम्मेदवारभन्दा बढी प्रभाव राख्नका लागि विभिन्न घोषण गरिएका थिए । कतिपयले तिनै एजेण्डालाई अहिले चुनाव जितेपछि दाेहाेर्‍याउन थालेका छन् ।  रुकुम पश्चिम चौरजहारी नगरपालिकाबाट पहिलो पटक वादी समुदायको तर्फबाट मेयर बनेका पुष्प वादीले स्वास्थ्य बिमा र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

वादीले नगरभित्रका असहाय, अशक्त, सहिदपरिवार र वादी समुदायको निःशुल्क बिमा गराइदिने निर्णय गरेका हुन् । पदभार ग्रहणसँगै वादीले नगरभित्रका विपन्न नागरिकको स्वास्थ्य उपचारमा सघाउन निर्णय गरे । यसका साथै नगरभित्रका सुत्केरीका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क हुने भएको छ ।

पदभार ग्रहणका क्रममा तीनवटा निर्णयमा हस्ताक्षर गरेका वादीले सुत्केरीका लागि स्वास्थ्य संस्था पुर्‍याउने र सुत्केरी भइसकेपछि स्वास्थ्य संस्थाबाट घरसम्म पुर्‍याउने सेवा निःशुल्क हुनेछ ।

६ नम्बर वडाको एक परिवारलाई १० हजार आर्थिक सहायता गर्ने उनले निर्णय गरेका हुन् । यसैबीच आगलागीका कारण मृत्यु भएकी १९ दिने शिशु सुशीला रोकायको परिवारलाई १० हजार आर्थिक सहायता गर्ने गरी नगरप्रमुख वादीले हस्ताक्षर गरेका हुन् ।  

जाजरकोट छेडागाड नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट प्राप्त हुने सेवासुविधा नलिने घोषणा गरेका छन् । पदभार ग्रहण गर्दै प्रमुख खड्काले राज्यबाट प्रदान हुने तलबभत्ता आफूले नलिने घोषणा गरेका हुन् ।

आफूले प्राप्त गर्ने तलब भत्ताबाट कोष स्थापना गरी गरिब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने बताए । 'मैले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिई गरिब तथा विपन्न बालबालिकाहरूमा लगानी गर्नेछु । एउटा कोषको स्थापना गरी उनीहरूलाई सहयोग गर्नेछु । म सेवा सुविधा लिन्नँ,' उनले भने ।

अघिल्लो निर्वाचनमा निवर्तमान प्रमुख लालबहादुर महतारासँग पराजित खड्काले यस पटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन दल ( नेपाली कांग्रेस) बाट उम्मेदवार बनेका थिए । ९ हजार १७३ मत ल्याएर खड्काले निवर्तमान महतारालाई पराजित गरेका थिए ।

दैलेखको नारायण नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले  वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन् । 

निर्णयसम्बन्धी पत्र सार्वजनिक भएपछि उनको कतिपयले आलोचना पनि गरेका छन् ।  नेपाली कांग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गरेका छन् ।  'उनीहरूको परिवारमा कोही व्यक्ति निधन भएमा काजकिरिया गर्ने बेलामा पैसा हुँदैन । बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरे पनि त्यही पैसाले ठूलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको हुँ,' उनले भने ।

उनले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताए । 'त्यो पनि न्यून आय भएको व्यक्तिका लागि । सु-सम्पन्न व्यक्ति त लिन नै आउँदैन नि ?,'  उनले भने, 'वर्षमा कम्तिमा ५/१० वटै व्यक्तिहरुको निधन होला । मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए, वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पनि पुग्छ । पारिश्रमिकबाट भएपनि दिन्छु ।,'

जाजरकोट शिवालय गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले वृद्धभत्ता गाउँ, गाउँ गएर वितरण गर्ने र न्याय लिन पालिकामा आएका महिलालाई सुरक्षित आवास ,खाना र बस्नको लागि व्यवस्था गर्ने बताएकी छिन् । २४ वर्षीया कान्छी उपाध्यक्ष शाहीले यो पहिलो घोषणा गरेकी हुन् । 

viber sharing button
जनतापाटीबाट थप
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा ७ मिनेट पहिले
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक १३ मिनेट पहिले
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ?
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ? २४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ?
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको लागि होइन, निश्चित घरानाको अनुहार देखिन्छ
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
संसदमा ओलीले भने - इनफ इज इनफ
कर्णालीले विज्ञापन होइन, काम गर्छ -मुख्यमन्त्री शाही
राष्ट्रपतिद्वारा जसपाका मन्त्रीहरू हेरफेर, शपथग्रहण आजै
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP