मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • हावाहुरीले १४० विद्युत् पोलमा क्षति
हावाहुरीले १४० विद्युत् पोलमा क्षति
जनतापाटी
जनतापाटी आइतबार, जेठ ८, २०७९ मा प्रकाशित
viber sharing button
हावाहुरीले १४० विद्युत् पोलमा क्षति

भरतपुर । जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपुरका १४० विद्युत्का पोल ढलेका हुन् ।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरको १ देखि ६ वडासम्म ती पोल ढलेका हुन् । ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा विद्युत् सञ्चालन गर्न अझै पाँच दिन लाग्ने उनले बताए । 

केन्द्रका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेशनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध भएको हो । उनका अनुसार भरतपुरमा हावाहुरीले पोल ढल्दा ठाउँठाउँमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले चार वटा ठेकेदारको टोली र प्राधिकरणको सम्पूर्ण प्राविधिक शक्ति परिचालन गरेको सिंहले बताए । 

उनले अस्पताल र सुरक्षा निकाय, मतगणनास्थल, खानेपानीलगायत सम्वेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत् पुनःसञ्चालन गरिएको बताए । चनौली सबस्टेशनबाट वितरण हुने बिजुलीमा भने समस्या नरहेको इञ्जिनीयर पौडेलले बताए । 

भरतपुर पश्चिम क्षेत्रमा विद्युत् प्रवाहमा समस्या नभए पनि सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म विद्युत् प्रवाहमा समस्या रहेको उनले जानकारी दिए । हावाहुरीका कारण रु ३० लाखको सामग्री क्षति भएको र रु पाँच करोडको विद्युत् खपत अवरुद्ध भएको उहाँले जानकारी दिए । 

विद्युत् लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ भने खानेपानी र इन्टरनेटसमेत प्रभावित छ । शुक्रबारको हावाहुरीका कारण तीनको ज्यानसमेत गएको थियो भने ११ घाइते भएका थिए । हावाहुरीले भरतपुरको मुख्य शहरी क्षेत्रका धेरै रुख लडेका हुन् । धेरैजसो ठाउँमा रुखले विद्युत् पोल लडाएको हो । 

viber sharing button
जनतापाटीबाट थप
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् -सञ्चारमन्त्री 
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् -सञ्चारमन्त्री  ५ मिनेट पहिले
अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब 
अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब  २४ मिनेट पहिले
पाकिस्तानमा भिषण बाढी र पहिरोः २५ जनाको मृत्यु
पाकिस्तानमा भिषण बाढी र पहिरोः २५ जनाको मृत्यु २५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् -सञ्चारमन्त्री 
बेँसीसहर-चामे सडक एक साता बन्द हुने
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ८१ जना सवारी चालकमाथि कारवाही 
निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक वर्षदेखि अलपत्र
उदयपुरमा चट्याङ लागेर एक युवकको ज्यान गयो
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP