काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको एक लाख १२ हजार ४४२ मतगणनाअनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका छन् ।
निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ४० हजार तीन मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार ७४९ मत प्राप्त गरेकी छन् ।
मेयरमा कांग्रेस उम्मेदवार सिर्जनाकोभन्दा बालेनले १७ हजार २५४ बढी मत प्राप्त गरिसकेका छन् । एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २२ हजार ९५ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले १७ हजार ९०८ बढी मत प्राप्त गरेका छन् ।