मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • अब स्रोतमै वर्गीकरण गरेर फोहर व्यवस्थापन गरिने
अब स्रोतमै वर्गीकरण गरेर फोहर व्यवस्थापन गरिने
जनतापाटी
जनतापाटी आइतबार, जेठ ८, २०७९ मा प्रकाशित
viber sharing button
अब स्रोतमै वर्गीकरण गरेर फोहर व्यवस्थापन गरिने

काठमाडौँ । वाग्मती सफाइ महाअभियानबाट उठाइने फोहर अब स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गरिने भएको छ ।

सफाइ महाअभियान सुरु भएको नौ वर्ष पुगी १० वर्ष लागेको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेलले अबको फोहर वैज्ञानिक रूपले स्रोतमै वर्गीकरण गरेर व्यवस्थापन गर्न नवनिर्वाचित स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी काम गर्न लागेको जानकारी गराए । 

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले आगामी असारसम्म गोकर्ण ड्यामदेखि गुह्येश्वरी मन्दिरसम्म ढल मुक्त गर्ने र आउने  आर्थिक वर्षसम्म मनोहरा दोभानसम्म ढल मुक्त गराउने घोषणा गर्नुभयो । यसले राजधानीको सफाइमा सहयोग पुग्ने उनको भनाइ थियो ।

वाग्मती सफाइ अभियानकर्मी  डा राजु अधिकारीले  सुरुआत गर्दाको दिनमा आइपरेका चुनौती उल्लेख गरेका थिए । शनिबार घरदैलो कार्यक्रम गर्दा वाग्मती किनारमा बसोबास गरेका घरमध्ये एक घरधनीले आफ्नो घरको ढल सडकमा छाडेको भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सडकको पेटीमा फोहर राख्नेलाई काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुबाट प्रहरी बोलाई घरधनीलाई आवश्यक कारबाहीका लागि पठाइएको उहाँले सुनाए । अन्य पसलले सडकको पेटी ओगटेकाले राखेको सामग्री निकाल्न लगाइएको छ । अब पेटीमा सामग्री राखेमा दण्ड जरिवाना गर्ने जानकारी गराइएको छ ।

नदीको किनारमा घर बनाइएको पाइएकाले अधिकार सम्पन्न वाग्मती समितिले  सूचना निकालेर कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । यसअघि पनि कारबाहीका लागि यस्ता प्रतिबद्धता हुने गरेकामा पूरा नभएको गुनासो हुने गरेको छ ।

सफाइ महाअभियानको ४७१ औँ हप्ता

वाग्मती सफाइ महाअभियानको ४७१औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती पुलदेखि ५०० मिटर दक्षिणमा सफाइ गरिएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमिल्सिना, प्रमुख अभियानकर्मी पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, स्थानीयवासी, नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठको नेतृत्वमा  त्यस क्षेत्रमा सफाइ गरिएको थियो । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा  पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानीबाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक सहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।

यसैगरी पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहर नउठ्दा पनि स्थानीय सरकार मौन बसेका छन् । फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मुकदर्शक बनेका हुन् ।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् ।

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम जारी रहँदा राजधानी काठमाडौँमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ । यसअघि सबै दलले जारी गरेको घोषणा पत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका छन् । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताउँछन् ।

viber sharing button
जनतापाटीबाट थप
सर्वोच्चका दुई महत्वपूर्ण फैसलाः वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
सर्वोच्चका दुई महत्वपूर्ण फैसलाः वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो ४ मिनेट पहिले
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् -सञ्चारमन्त्री 
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् -सञ्चारमन्त्री  ६ मिनेट पहिले
अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब 
अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब  २५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् -सञ्चारमन्त्री 
बेँसीसहर-चामे सडक एक साता बन्द हुने
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ८१ जना सवारी चालकमाथि कारवाही 
निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक वर्षदेखि अलपत्र
उदयपुरमा चट्याङ लागेर एक युवकको ज्यान गयो
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP