मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं - मेयर प्रजापति
ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं - मेयर प्रजापति
जनतापाटी
जनतापाटी शनिबार, जेठ ७, २०७९ मा प्रकाशित
viber sharing button
ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं - मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने योजना रहेको बताएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरूको लागि गरेको बधाई एवं शुभकामना कार्यक्रममा उनले भएका कलेजहरूमा विषयहरू थप्ने र नयाँ कलेज चलाउने योजना रहेको सुनाए । 

ख्वप विश्वविद्यालयका माग निरन्तर गरिरहँदा पनि विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्राप्त नभएकोमा दुःख व्यक्त गर्दै उनले नयाँ विकल्पको रूपमा नयाँ कलेज चलाउने योजना रहेको बताए ।

हाल सात वटा कलेज सञ्चालन गर्दै आएको भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ । विश्वविद्यालयको अनुमति दिए चिकित्सा शास्त्र (एमबिबिएस) अध्यापन गराउने कलेज सञ्चालन गर्ने योजना रहेको प्रजापतिले बताए ।

सोही अवसरमा उनले सूर्यविनायकको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीमार्फत जेठको दोस्रो साताबाट भक्तपुर नगरपालिकामा खानेपानी वितरण सुरु हुन लागेको जनाए । आफूसहित उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले शुक्रबार संयुक्त रूपमा कटुञ्जेस्थित खानेपानी ट्याङ्कीमा स्थलगत निरीक्षण गरेको उनले स्मरण गरे । सोही अवसरमा प्रमुख प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा वितरण गरेर खानेपानीको दीर्घकालीन समस्या समाधान गरिदिने बताए । 

त्यस अवसरमा आफूले केयुकेएलका प्रमुख मिलन शाक्य र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणासँग कुराकानी गरेको उनले बताए । 

सोही क्रममा केयुकेएलका शाक्य र सिइओ राणाले २०७९ वैशाख १९ गतेबाटै कटुञ्जेको खानेपानी ट्याङ्कीमा मेलम्चीको पानी खसालिसकेको र अब छिटै भक्तपुरमा उक्त पानी वितरण हुने बचनबद्धता व्यक्त गरेको प्रजापतिले सुनाए ।

कटुञ्जेमा हाल ६० लाख लिटर र १०।१० लाख लिटर गरी ८० लाख लिटर बराबर क्षमता भएको खानेपानी ट्याङ्की निर्माण भइरहेको उनले अवगत गराए । खानेपानी पाइप बिछ्याउने कार्य सकिएलगत्तै भक्तपुरमा पनि मेलम्चीको पानी वितरण सुरु गर्ने उनले बताए ।

कटुञ्जे खानेपानी ट्याङ्कीमा खसालिएको मेलम्चीको पानीको गुणस्तर परीक्षणलगत्तै मेलम्चीको पानी २४ घण्टा पानी वितरण गर्न सकिने उनले बताए । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयरसहित १० जना नवनिर्वाचित वडा अध्यक्षलाई सम्मान तथा बधाई दिइएको थियो । 

viber sharing button
जनतापाटीबाट थप
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि...
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि... ५ मिनेट पहिले
संसदमा ओलीले भने - इनफ इज इनफ
संसदमा ओलीले भने - इनफ इज इनफ ७ मिनेट पहिले
करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ 
करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ  १२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शिक्षाका छ विधेयक ल्याउने तयारी
लमजुङमा बालमैत्री अभियान अलमलमै
स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज गठन
कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् - राष्ट्रपति भण्डारी
त्रिवि कर्मचारीमा सङ्घमा कार्की निर्वाचित
काठमाडौं विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडीज’ कार्यक्रम
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP