मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • अधिकांश अस्पताल आइतबार पनि खुल्ने
अधिकांश अस्पताल आइतबार पनि खुल्ने
जनतापाटी
जनतापाटी शनिबार, जेठ ७, २०७९ मा प्रकाशित
viber sharing button
अधिकांश अस्पताल आइतबार पनि खुल्ने

काठमाडौँ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ ।

उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् । यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यन्वयन गर्दै आइतबार बन्द गर्ने गरेको छ ।

सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतबार बिदा हुने बताए । 

“सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौँ”, उनले भने, “तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ । बहिरङ्ग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतबार बन्द गर्ने निर्णय गरेका हौँ ।” उनीकार्यालय समय बढेकाले बिरामीको उपचार गर्न सकिने तर्क गर्छन् । 

यस्तै गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार पनि अस्पताल खुल्ने बताए । उनका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतबार पनि खुल्ने छ । उक्त केन्द्रमा दैनिक ६०० बिरामी उपचारका लागि आउने गर्दछन् । 

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा थापाले सार्वजनिक बिदाका दिन आइतबार पनि बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताइन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिइन् । बिरामीको अवस्थालाई मध्यनजर गर्दै अस्पताल आइतबार पनि खुल्ने बताइन् । 

त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब दुई हजार ५०० बिरामी उपचारका लागि आउने गर्दछन् । निजामती कर्मचारी अस्पतालका प्रशासकीय प्रमुख कृष्ण सापकोटाले भोलिको आइतबार खुल्ने र आगामी आइतबार खुल्ने वा नखुल्नेबारेमा निजामती कर्मचारी अस्पताल विकास समितिले निर्णय गर्ने जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक एक हजार मानिस नियमित उपचारका लागि आउने गर्दछन् ।

पाटन मानसिक अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आइतबार पनि अस्पताल खोलिरहेको जानकारी दिए । उनले बिरामीलाई सेवा दिन भनिएका अस्पताल बन्द हुँदा समस्या हुने भएकाले आइतबार खोल्ने बताए । “अत्यावश्यक सेवामुलक संस्था आइतबार पनि खोल्दा नागरिकलाई निकै सहज हुन्छ, आइतबार अस्पताल आएका विरामी फर्कनु राम्रो होइन”, उनले भने । उनका अनुसार अस्पतालमा दैनिक १५० बिरामी आउने गर्दछन् ।

viber sharing button
जनतापाटीबाट थप
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार १० मिनेट पहिले
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह २२ मिनेट पहिले
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा ३५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
समान गन्ध भएका मानिस साथीको रूपमा मिलनसारः अध्ययन
मेषलाई अर्थलाभ हुने, अरु राशिको कस्तो छ आज ?
सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी
‘मोबाइल-टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’
पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना पुष्टि
आज शनिबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP