काठमाडौँ । धनुषाको सबैला नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार कारिराम यादव विजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जगत सुन्दर शाह मधुपलाई पाखा लगाउँदै यादव नगर प्रमुखमा निर्वाचित भएका हुन् । यादव ४ हजार २१२ मतसहित विजयी हुँदा शाह ४ हजार ७६ मतमा रोकिए । त्यस्तै, एमालेका राजकिशोर यादब राकेशले ३ हजार ५८१ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका राम चन्द्र प्रसाद जयसवाल ३ हजार ५०४ मतसहित चाैथाे स्थानमा रहे ।
उपप्रमुखमा माओवादी केन्द्रकै रहिमा खातुन ४ हजार ६९९ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्धन्द्धी एमालेकी किरण कुमारी कापरले ३ हजार ६०४ मत पाइन् । यो नगर माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका यादवको गृहनगर पनि हो ।