काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।
पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले २८ हजार ८८२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । यो मत दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा १३ हजार ५७० मत बढी हो । स्थापितले हालसम्म १५ हजार ३१२ मत पाएका छन् ।
त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७९८ मत पाएकी छन् । स्थापित र सिंहबीच ५१४ मतको अन्तर रहेको छ । हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा मतगणना भइरहेको छ।