मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्यकर्मीलाई कुटपिट गरे ३ वर्ष कैद वा तीन लाख जरिवाना
स्वास्थ्यकर्मीलाई कुटपिट गरे ३ वर्ष कैद वा तीन लाख जरिवाना
जनतापाटी
जनतापाटी बुधबार, जेठ ४, २०७९ मा प्रकाशित
viber sharing button
स्वास्थ्यकर्मीलाई कुटपिट गरे ३ वर्ष कैद वा तीन लाख जरिवाना

काठमाडौँ । स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा रु तीन लाख जरिवानाको व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मङ्गलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गरेकाे “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवानाको व्यवस्था गरिएको छ । 

अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पु-याए तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु-याउने काम गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवाना उल्लेख गरिएको छ  । यस्तै स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा रु दुई लाखदेखि पाँच लाख जरिवाना अध्यादेशमा तोकिएको छ । 

स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु-याएमा वा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई हातपात गर्न, कुनै किसिमको धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरे एक वर्ष कैद वा रु एक लाख जरिवानाको अध्यादेशमा व्यवस्था गरिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २५ गते प्रमाणीकरण गरेकाे अध्यादेश मङ्गलबार स्वास्थ्यमन्त्री खतिवडाले प्रतिनिधिसभामा पेश गरेका हुन् । राष्ट्रपतिले जारी गरेकाे उक्त अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात तथा कुटपिट गर्ने, स्वास्थ्य संस्थामा आगजनी गर्ने जस्ता गतिविधि हुनथालेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न सो कानुन ल्याएको हो ।

viber sharing button
जनतापाटीबाट थप
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का ९ मिनेट पहिले
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार २० मिनेट पहिले
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह ३२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
समान गन्ध भएका मानिस साथीको रूपमा मिलनसारः अध्ययन
मेषलाई अर्थलाभ हुने, अरु राशिको कस्तो छ आज ?
सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी
‘मोबाइल-टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’
पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना पुष्टि
आज शनिबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP