चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तरलाई बढाउँदै लगेकी छन् ।
पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार रेणुले ६ हजार ६७८ मत ल्याएर अग्रता लिएकी छन् भने उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार ४५२ मत ल्याएका छन् । साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २५५ मत पाएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ८ हजार १२० मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५ हजार ३०६मत ल्याएर पछ्याइरहेकी छन्।