काठमाडौँ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्र राप्तीमा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका हुन् ।
विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई भारी मतान्तरले पाखा लगाएका हुन् । विष्टले ६ हजार ८९८ मत पाउँदा पोखरेलले ५ हजार ७०० मतमा सिमित बने । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत पाइन् ।
उपाध्यक्षमा भने नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरी ६ हजार ६७४ मतसहित निर्वाचित भएकी छन् । कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाए ।