मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • खोटाङः नेताकै गृहपालिकामा फरक पार्टीका उम्मेदवार विजयी
खोटाङः नेताकै गृहपालिकामा फरक पार्टीका उम्मेदवार विजयी
जनतापाटी
जनतापाटी मंगलबार, जेठ ३, २०७९ मा प्रकाशित
viber sharing button
खोटाङः नेताकै गृहपालिकामा फरक पार्टीका उम्मेदवार विजयी

खोटाङ । खोटाङमा विभिन्न दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार विजयी भएका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । खोटेहाङमा माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्षम विजयी भएका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमाले विजयी भएको सो गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार कविता राई र उपाध्यक्षका उम्मेदवार राजन बञ्जरा पराजित भएका छन् । उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए । विजयी रुपेशले ३७६३ र राजनले ३३१० मत पाएका छन् । भट्टराईको गृहवडा खोटाङ बजारमा भने एमालेका शिवप्रसाद फुयाल विजयी भएका छन् । 

यस्तै, कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईको गृहपालिकामा कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै एमालेका लोकेन्द्र राई अध्यक्षमा विजयी भएका हुन् । लोकेन्द्रले २८०३ र नइन्द्रले २१६२ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै अरुणा थापा मगर २७३३ मत पाएर विजयी बनेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कट्वालले २३१२ मत पाएका छन् । सो पालिकामा २०७४ को निर्वाचनमा भुपेन्द्र अध्यक्षमा विजयी भएका थिए । 

माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकामा माओवादी केन्द्रका अर्जुनकुमार खड्का पराजित भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई विजयी हुँदा खड्का भने कांग्रेसका रविप्रकाश राईभन्दा पछि परेका हुन् । रविप्रकाशले १८५० मत ल्याउँदा खड्काले १७७२ मत पाएका छन् । खड्का निवर्तमान अध्यक्ष पनि हुन् ।

 यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । उनको गृहवडा रतन्छामा एमालेका जितेन्द्रकुमार राईसँग माओवादी केन्द्रका गौतम राई पछि पारिएका छन् । 

एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा कांग्रेससँग एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन् । नेकपा (एस)का माईतीराज राईलाई पछि पार्दै कांग्रेसका समिर राई अध्यक्षमा विजयी भएका हुन् । समिरले २२४४ मत पाउँदा माइतीराजले १८०८ मत पाए ।

उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी भएका छन् । उनले १९८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेकी मैया सुनुवारले १७६१ मत पाएका छन् । राईको गृहवडा बासपानीमा भने नेकपा (एस)का तुलाराम राई विजयी भएका छन् । 

एमाले नेतृ एवं प्रदेश १ का पूर्वसामाजिक विकास मन्त्री उषाकला राईको वडामा एमाले पराजित भएकाे छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा एमालेका डिल्लीकुमार राईलाई माओवादी केन्द्रका खगेन्द्र राईले हराएका छन् । डिल्लीकुमार निवर्तनमा वडाध्यक्ष हुन् । 

कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बुमा एमालेका भुपेन्द्र बस्नेत विजयी भएका छन् । बस्नेतले ३९५ मत पाउँदा कांग्रेसका महेन्द्र राईले २५५ र माओवादी केन्द्रका उम्मेदवार अजम्बर राईले २७८ मत पाएका छन् । 

viber sharing button
जनतापाटीबाट थप
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता १२ मिनेट पहिले
केन्टले ल्यायाे वाटर प्युरिफायर
केन्टले ल्यायाे वाटर प्युरिफायर ४० मिनेट पहिले
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का ५३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का
जिसस रौतहटमा गठबन्धन विजयी
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
जिसस सप्तरी निर्वाचनः ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम
सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP