काठमाडौँ । उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई पाखा लगाउँदै माओवादी केन्द्रका वीरेन्द्र कुमार मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । मगरले ४ हजार १८१ मत ल्याएर विजयी हुँदा थापाले ३ हजार ९३ मत मात्र पाए ।
यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका भूपीन्द्र बहादुर थापाले ३ हजार ३४६ मत पाएर निर्वाचित हुँदा एमालेकी कुमारी ज्यू ठकुरीले ३ हजार ६९९ मत पाइन् ।