काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले पुनः अग्रता लिएकी छन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी दाहालले मतगणनाको सुरुवातमा अग्रता लिएकी थिइन् तर, सोमबार दिनभर भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए । साँझतर्फ दाहालले पुनः अग्रता लिएकी हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछिल्लो मतपरिणाममा दाहालले ५ हजार ३१३ मत पाउँदा सुवेदी ३ मतले मात्र पछि छन् । उनले पाँच हजार ३१० मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५३६ मत ल्याएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार २०३ मत पाउँदा र राप्रपा उम्मेदवार हिमला गुरुङले चार हजार २५७ मत ल्याएकी छन् ।