चितवन । भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रतालाई बढाएका छन् । १३ हजार ३६४ मतगणना गर्दा प्राप्त परिणाम अनुसार सुवेदीले ४ हजार ५५० मत प्राप्त गरेका छन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् । जहाँ दाहालसँग सुवेदीले ५५ मतको अग्रता बनाएका छन् । यसअघि दाहाल ७ मत मात्र पछि थिइन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९९८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३१३ मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ३ हजार ६२२ मत पाएकी छन् ।