काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अप्रत्यासित रुपमा मतान्तर बढाउँदै लगेका छन् ।
राष्ट्रियसभा गृहमा जारी मत गणनाको पछिल्लो पटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ७ हजार ८९ मत ल्याएका छन्। जुन दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झण्डै दोब्बर बढी हो । स्थापितले हालसम्म ३ हजार ६४६ मत प्राप्त गरेका छन्।
साथै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३०० मत ल्याएर तेस्रो स्थानमा छिन् ।
त्यस्तै काठमाडौंको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार ३४६ मत पाएकी छन्। जुन गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले प्रप्त गरेको मत भन्दा चार गुणा बढी हो । श्रेष्ठले १७८४ मत पाएका छन्।
महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ। वडा नम्बर १ र २को गणना भने सकिसकेको छ।